गत प्रतिनिधि सभा चुनावमा झापाबाट राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा चुनावमा उठेका छन् । राष्ट्रिय सभा चुनावका लागि सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।
अहिले राष्ट्रिय सभा माओवादी र कांग्रेसका यस्तै जनताबाट तिरस्कृतहरु हरुवाचरुवालाई व्यवस्थापन गर्ने कन्टेनर बनेको छ । राष्ट्रिय सभामा कृष्ण सिटौला मात्र होइन सत्ता पक्षका प्राय सबै उम्मेद्वार निर्वाचनमा हारेकाहरुलाई बनाएर गठबन्धनले लोकतन्त्र धज्जी उडाएको छ ।
अब यिनीहरु नै संविधान संसोधन गरेर राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री हुने कानुन बनाउनु पर्छ भन्ने माग गर्ने छन् । इण्डिया अब देउवालाई नभएर आफ्नो पूर्णकालीन दलाललाई प्रधानमन्त्री बनाउन चाहन्छ । यही योजना अनुसार सिटौलालाई अघि बढाइएको भन्ने सूत्रको दावी छ ।
अब कांग्रेस कुनै पनि निर्वाचन एक्लै लड्छ भन्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशको आवाज स्यालको हुँइया मात्र भएको छ । कांग्रेसको संसदीय बोर्डले पार्टीको २ गुटलाई मात्र आधिकारिक मान्दै राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो गरेको छ । यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री गगन थापाले भने लिखित रुपमा दुई बुँदे फरक मत राखेका थिए भने अहिल अर्का
महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्ना ६ बुँदे मौखिक विमति राखेका थिए ।