सर्लाही। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहिचान र अधिकार उल्ट्याउन खोज्ने तत्वविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । सर्लाहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीकै कारण पहिचान र अधिकार संस्थागत भएको दावी गरे।उनले भने, 'पहिचान र अधिकारको लडाइँ माओवादीले लडेको हो । यसलाई उल्ट्याउन खोज्ने तत्वविरुद्ध फेरि एक जुट हुन जरुरी छ।'अध्यक्ष दाहालले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने बताए। उनले भने, 'धेरै युवाहरु माओवादीमा प्रवेश गरेका छन्। सबैलाई उचित जिम्मेवारी दिनुपर्छ।' केहि समय पहिले माओवादी बारेमा भ्रम रहेको भन्दै संविधान उल्ट्याउने षड्यन्त्रविरुद्ध संघर्ष गरेर सफलता प्राप्त गरेको उनले बताए।