रोशन घर्ती मगर
काठमाडौं । नेपालमा पानीजहाजको चर्चा निकै हुनेगरेको छ । खासगरी जब केपी ओलीले प्रधानमन्त्री रहँदा बोले तर यसअघि नै २०३४ सालमा पूर्वराजा ज्ञानेन्द्र पनि जहाज कम्पनी खोल्न खोल्ने रहर मात्र देखाएका थिएनन् , पानीजहाज छान्न बेलायतसम्म पुगेका थिए । तर दुवैले पानीजहाज चलाउन सकेनन् कारण थियो विस्तृत अध्ययन नहुनु । ‘पानीजहाज असम्भवै त होइन, राम्ररी चलाएर नाफा कमाउन सकियो भने पछि देशको आवश्यकता पनि होला,’, ‘अहिलेको अवस्थामा पानीजहाज देशको आवश्यकता कम, गौरव बढ्छ भन्ने राजनीतिक भाषण बढी हो।’नेपाल भूपरिवेष्टित राष्ट्रको समुद्रसम्मको अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन त गर्न सक्छ तर त्यो हाम्रो हालको आवश्यता होईन् । आजको आवश्यता त कर्णालीमा औषधी पुर्याउनु हो । अनि अस्पतालको बाहिर पैसा नभएर छोराको उपचार गर्न नसकेकीरहेकी आमालाई निशुल्क औषधी दिनु हो । खैरपूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७३ जेठ ४ गते पहिलोपटक भनेका थिए, ‘अब नेपालले आफ्नै पानीजहाजबाट सामान ल्याउँछ।’पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले पहिलोपटक पानीजहाजको प्रसंग ल्याउँदा त्यसले हाँसो सिर्जना गरेको थियो । भारतीय नाकाबन्दी कालमा ‘घर–घरमा ग्यास पाइप’ को चर्चा सेलाउन नपाउँदै प्रधानमन्त्रीले पानीजहाजको तुरुप झिकेका थिए ।त्यसको केही समयमै ओली सरकार ढलेकाले त्यसबखत नयाँ सरकारले ओलीको पानीजहाज सपना बजेटमै सीमित राखिदियो।
चुनावी घोषणापत्र सार्वजनिक गर्दा ओलीले पानीजहाजको कुरा उप्काए। ‘पहिला पानीजहाज चलाउँछु भन्दा धेरैले मलाई उडाए तर समुद्रमा पानीजहाज चलाउनुपर्छ, नेपाल आउने सामान आफ्नै पानीजहाजले बोक्नु पर्छ,’ ओलीले भने, ‘फुर्सद हुँदा भाडामा लगाएर नाफा पनि कमाउन सकिन्छ।’ अन्तत उनले पानी जहाज भने चलाउन सकेनन्४५ वर्षअघि नेपालमा पानीजहाज चलाउन कम्पनी खडा भएको थियो।०२७ सालमा पानीजहाजसम्बन्धी कानुन र २०२८ मा नियमावली बनेको थियो। रोयल नेपाल सिप कर्पोरेसन भन्ने संस्थान २०२९ मा खुलेको थियो।वि.सं.२०३४ सालमा राजा ज्ञानेन्द्रले पानी जहाज कम्पनी खोल्न खोल्ने रहर मात्र देखाएका थिएनन्, त्यसका निम्ती उनी निकै अगाडी बढिसकेका थिए । उनको त्यो रहरलाई तत्कालिन अर्थमन्त्रीका हैसियतमा डा.भेखबहादुर थापा र डा.देवेन्द्रराज पाण्डेले अंकुश लगाईदिए । यसबाट ज्ञानेन्द्र र दरबारभित्रको एउटा समुह आक्रोशित बन्न पुग्यो ।
दरबारियाहरुको नारा थियो अब सगरमाथामा मात्र होईन,समुन्द्रमा पनि नेपाली झण्डा फहराउनुपर्छ ।
त्यो कालखण्डमा युगाण्डाका इदि अमिनले लखेटेका भारतीय व्यापारीहरुले दरबारिया शक्तिसम्पन्न समुहसंग सम्पर्क बढाएका थिए । उनिहरुकै सहभागितमा नेपालमा पानीजहाज खुल्ने योजना अघि बढेको थियो । उनीहरु गम्बा ईन्टरनेशनल कम्पनीका नाममा नेपाल प्रवेश गरेका थिए । शक्तिसम्पन्न समूहसंगको सम्पर्कका आडमा सानो लगानीबाट ठुलो रकम कमिसन खाने उनीहरुको दाउ रहेको थियो ।
ज्ञानेन्द्रले तिनै भारतीय नागरिकहरुलाई सहभागी गराई कम्पनी खोलेका थिए । उनी नै अध्यक्ष रहेको कम्पनीको नाम राखीयो रोयल नेपाल सिपिङ कम्पनी
नारायणहिटी दरबारअघिल्तिरै कम्पनीको कार्यालय खोलिएको थियो । समुन्द्रमा नेपाली झण्डा फहराउँदा राष्ट्रियता निकै उचाईमा पुग्ने शब्दावली प्रयोग गरिएको थियो ।
एकदिन अर्थमन्त्री थापाले झोक्किँदै सहसचिव डा.पाण्डेलाई भने यो फाईल पढ्नुस।, दरबारबाट आएको त्यो फाईलमा ज्ञानेन्द्रले पानीजहाज कम्पनी खोल्न लागेकाले सरकार ग्यारेन्टी बस्नुपर्छ भन्ने थियो । सरकार ग्यारेन्टी बस्नुपर्ने रकम ६० करोड रुपैयाँभन्दा बढि थियो,जति बेला नेपालको वार्षिक बजेट नै ३ अर्ब ८ करोड रुपैयाँको थियो ।
दरबारको प्रस्ताव सदर नगरी डा.थापा विश्व बैंकको बैठकमा सहभागी हुन वासिङ्टन पुगे । उनलाई त्यहाँ अमेरिकी एक्सप्रेस बैंकको अन्तराष्ट्रिय मुद्रा हेर्ने एक अधिकारीले व्यापारीहरुका निम्ती ग्यारेन्टी बसेका खण्डमा नेपाल नराम्ररी फस्ने चेतावनी दिए ।
तर डा.थापा अमेरिका हुँदै यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका वाणिज्यमन्त्री चतुर्भुजप्रसाद सिंहले फाइल सदर गरिसकेका थिए । ज्ञानेन्द्र पानीजहाज छान्न बेलायत पुगिसकेका थिए । अमेरिकाबाट फर्केपछि डा.थापाले सदर फाइललाई बदर लेखिदिए । डा.पाण्डेले पानीजहाज कम्पनीमा नेपालले यस कारणले लगानी गर्नुहुन्न भनी तेह्र पृष्ठजतिको प्रतिवेदन बनाएका थिए । यस्तो थाहा पाएपछि ज्ञानेन्द्र भित्रभित्रै निकै आक्रोशित भएका थिए । त्यसपछि कम्पनीको प्रसंगमा त केही समयका निम्ति त्यत्तिकै सेलाउन पुग्यो,तर षडयन्त्रको खेल सतहमा आयो । पञ्चायती राजनीतमा एकाएक गलैंचा काण्ड भित्रियो । डा.पाण्डे वैदेशिक महाशाखा प्रमुख भएक नाताले उनलाई फसाउन सक्ने ठाँउ भेटिएन ।
तर मन्त्रिपरिषदबाट निर्णय आयो,सरकारले जहाज कम्पनी खोल्न ग्यारेन्टी दिनेछ ।
डा.पाण्डेका अनुसार तीन कर्मचारी मिलेर मन्त्रीपरिषद्को निर्णय लामो समयसम्म कार्यान्वयन हुनै दिइएन । एकातिर कागजी काम देखाउन मन्त्रालयहरुबिच त्यसलाई यताबाट उता पु¥याउने उताबाट यता ल्याउने खेल जारी राखियो । सरकारको १३ प्रतिशत लगानी हुने भएपछि कम्पनीमा अर्थ मन्त्रालयबाट डा.पाण्डे र यातायातसचिवलाई प्रतिनिधि बनाइएको थियो ।
कम्पनीको बैठकको अध्यक्षता ज्ञानेन्द्रले गर्थे । गम्बा इन्टरनेशनल कम्पनीले प्रतिनिधिका रुपमा युगान्डाबाट थपाइएका भारतीय नागरिकहरु प्रस्तुत हुन्थे । जब मिटिङ सरु हुन्थ्यो, तब तीन सरकारी अधिकारीले भन्थे, सरकार यो मिलाउनुपर्छ,त्यो मिलाउनुपर्छ । त्यसरी तिनले निर्णयको तहमा पुग्जै दिएनन् ।
मन्त्रिपरिषद्को निर्णयका भरमा फेरि ज्ञानेन्द्र पानीजहाज छान्न बेलायत गए । यता सम्झौतावार्ता गर्न एउटा समुह सक्रिय थियो । पानीजहाज भिडाउने वार्तामा आएका बेलायतीहरु थाके । कुनै निष्कर्षमा पुग्न नसकेपछि उनीहरु फर्के । त्यसपछि ज्ञानेन्द्रप पनि बेलायतबाट रिसले चुर हुँदै फर्के ।
अर्थ मन्त्रालय पानीजहाज खरिद गर्न ग्यारेन्टी बस्न सहमत नभएपछि लिज मा ल्याउने नयाँ प्रस्ताव आयो ।
गम्बा इन्टरनेशनलका व्यक्तिहरुसंग त्यस्तो पैसा थिएन केवल प्रस्ताव गर्ने र चलखेमा थोरै रकम लगाउँदै कमिसन खाने उनीहरुको दाउ थियो । उनीहरुले ज्ञानेन्द्रलाई भुलभुलैयामा पारेका थिए । सुरुमा कम्पनीको बैठक नियमित निवासभित्रै हुन्थ्यो । पछि होटल सोल्टीमा बोलाउन थालियो । त्यहाँ बैठकमा ज्ञानेन्द्रका काका हिमालयवीरविक्रम पनि बस्न थाले, गम्बा इन्टरनेशनल कम्पनीको प्रतिनिधिका रुपमा । कर्मचारीहरुले सिधै ज्ञानेन्द्रको मुख हेरेर बोल्न सक्ने हुँदैनथ्यो । त्यसो हुँदा गम्बा इन्टरनेशनलका एजेन्टतिर हेरेर बोल्ने गर्थे । तर पछि गम्बाका प्रतिनिधि हिमालय प्रस्तुत भएपछि कतातिर हेरेर बोल्ने भनेर सरकारी अधिकारीहरुलाई सङ्कट प¥यो ।
त्यतिबेला राजा वीरेन्द्र पोखरा भ्रमणमा निस्किएका थिए । कामु अर्थसचिव डा.देवेन्द्रराज पाण्डे पनि पोखरा गए । उनले प्रधानमन्त्री कीर्तिििध विष्टलाई एउटा सवाल राजासंग सोधिदिन आग्रह गरे, शाह वंशको परम्पराअनुुसार, युगान्डाबाट निकालिएका भारतीयहरुको प्रतिनिधि भएर राजाका काका र दिवङ्गत राजाका छोरा हिमालयवीरविक्रम मिटिङमा बस्न मिल्छ कि मिल्दैन?
त्यसलगत्तै ज्ञानेन्द्रले डा.पाण्डेलाई निर्मल निवास बोलाए । पाण्डे भन्छन् ज्ञानेन्द्र भ¥याङबाट कालोनीलो अनुहार लगाउँदै आए । सोफानजिकै आए । अलि झर्केको र चर्केको स्वरमा बोल्दै खेस्रा कोरिएको एउटा लिथो कागज दिए । त्यो त ज्ञानेन्द्रले राजीनामापत्र रहेछ, रोयल नेपाल सिपिङ कम्पनीको अध्यक्षबाट
उनी सरकार किन यसरी राजीनामा दिइबक्सेको ? भन्ने टालटुले भनाइ राखी त्यहाँबाट हिँडे । फेरि त्यो कम्पनीको बैठक बोलाइयो । त्यहाँ फेरि गम्बा इन्टरनेशनलका प्रतिनिधि भारतीय नागरिक आइपुगे । त्यसअघि ज्ञानेन्द्र बस्ने कुर्सी खाली हुन पुग्यो । पाण्डेलाई गम्बाकै प्रतिनिधिले मिटिङको अध्यक्षता गरिदिन आग्रह गरे । ज्ञानेन्द्र बस्दै आएकोे कुर्सीमा पाण्डे बस्न पुगे ।
त्यसपछि कर्मचारीहरुल गम्बा इन्टरनेशनल प्रतिनिधिलाई घुमाईघुमाई थिलथिलो पारे ।
कम्पनी त्यत्तिकै सेलाएर गयो । त्यसपछि पानीजहाज डुब्यो ।
यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि पानी जहाज कुदाउने भनि पटपटक भाषण गर्ने गरेका छन् तर उनको पानी जहाज पनि कता आँउछ कसरी आउँछ भन्ने नै अत्तोपत्तो छैन । सायद त्यसकारण पनि उनको आलोचना हुनु स्वभाविक नै हो । न केपी ओलीले पानीजहाज कुदाउन सके न त्यो बेला ज्ञानेन्द्रले पानी जहाज कुदाउन सके दुबैको सपना समुन्द्रमा डुब्यो । ‘मौर्यकालमा गंगामा पानीजहाज चल्थ्यो र त्यो जहाज कोशीसम्म आउँथ्यो,’ कोशीको ब्यारेज भत्काएर ड्रेजिङ गर्ने हो भने यस्तो जहाज सुनसरीको चतारासम्म ल्याउन सकिन्छ।’सन् २०१४ मा भारतले कलकत्ताबाट पटनासम्म गंगा नदीमा सानो पानीजहाज सञ्चालनमा ल्याइसकेको छ।कोशीमा मात्र होइन, ड्रेजिङ गरेर साना खालका पानीजहाज नारायणीमा ठोरीसम्म र कर्णालीमा चिसापानीसम्म ल्याउन सकिन्छ।