
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।सोमबार बसेको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकमा परेका ९ वटा संशोधनहरुमाथि आवश्यक छलफल गर्दै समितिबाट सर्वसम्मतले पारित गरेको जानकारी दिनुभयो ।विधेयकमाथि आएका सुझावहरुलाई अधिकतम प्रयास गरिएको उहाको भनाइ छ । उहाले संवैधानिक आयोग पदाधिकारीहरु भागवण्डाका आधारमा नभइ क्षमता र योग्यताका आधारमा नियुक्त हुने विश्वास व्यक्त गर्नुभयो । बाइट......बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० पेश गर्नभएको छ ।




























