रोशन घर्ती मगर
काठमाडौं । बादलुको घुम्टो ओढेर ईलामको चिया बगानमा सुकुल बिछ्याइएर सुजन चापागाईंले गीतमा भनेजस्तै लजाएर ''मुसुक्क मुस्काउने'' अभिनेत्री अनु काफ्ले ।अनुको अर्थजस्तै उनको कणकणमा अभिनय भरिएको छ । त्यसैले त छोटो समयमै अनुले आमदर्शकमाझ लोभलाग्दो क्रेज बनाउन सफल भईन ।बाल्यकालमा अनु हुर्किदा ईलाममा बाटोहरू बनिसकेका थिएनन् ,बिजुली पुगेको थिएन,पानीका धारा थिएनन् । र पनि अनुकोको बाल्यकाल पनि असाध्यै रमाइलो थियो । उनलाई सानैमा नाच्न गाउनमा लगाव थियो ।अनु बाल्यकाल सम्झदा केही फरक गर्नुपर्छ,मिहिनेती बन्नुपर्छ,परिश्रम गर्नुपर्छ भन्ने सोच बोकेकी थिईन । उनै अनु जन्मिएको गाउँ ईलाममा तिनपाते बोलको गीत सुटिङ भयो । सुटिङकै लागी भनेर १९ वर्षपछि गाउँ फर्किईन अनु, अनु गाँउ फर्किदा सबैजना छक्क परे उनि भन्छिन् हाम्रै गाउँकी छोरी भनेर सबैले माया गरे त्यही माया आज करोडौं नेपालीमा फैलिएको हर कोहीको जिब्रोमा झुन्डिएको छ 'देखेर तिमीलाई' सायद यसको श्रेय अनुलाई पनि पक्कै जान्छ । अनि खुसी अनि त्योसंग जोडीएको सफलता नि उनी भन्छिन् खुसी जब मिहिनेत गरेर काम गरिन्छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया आउछँ अनि मन खुसी हुन्छ सायद यहि होला खुसी अनि खुसीसंग जोडीएको त्यो सफलता त्यो खुसी र सफलताको स्वाद तिनपातले अनुलाई पनि दियो । यात्रा गएको करिब ५ वर्ष अगाडी उनले थुप्रै म्युजिक भिडीयोमा काम गरिन् ती गीतहरु समूहमा र डान्सिङ गीतहरु थिए ।करिब २ वर्ष अगाडी अभिनेता विपिन कार्कीको साथमा बटौली बोलको गीतमा पनि आफ्नो अभिनय क्षमता देखाउन पाईन उनले ।
उनि सम्झिन्छिन् बटौलीमा मलाई फरक भुमिकामा देख्न पाउनुभएको थियो स्टोरीमा अभिनय गर्नुपर्ने थियो पहिलो गीत भएकाले पनि मलाई काम गर्न अप्ठयारो लाग्यो तर कलाकार भएपछि हरेक चुनौती पारगर्दै आफ्नो कलालाई सक्दो निर्खाने प्रयास गरे । दाईहरुको संगत उहाँहरुको हौसलाले मलाई पनि भित्रैदेखी मेहेनत गर्ने आँट जस्ले गर्दा राम्रो प्रतिक्रिया पाएकी थिए ।हामीले सोध्यौ चलचित्रमा अभिनेत्री बन्ने आकंक्षा छ कि नाई?यसमा चाँही कस्तो लाग्छ भने पहिलो कुरा त गर्न सक्छु कि नाई गरे भने कस्तो खालको गर्दा म यसमा भिज्न सक्छु भन्ने कुरालाई ध्यान दिईरहेकी छु । हतार गरेर चलचित्रमा काम गरिहाल्ने भन्दापनि पनि अझै मिहिनेत गरेर आफ्नो अभिनयलाई निर्खाछु त्यसपछि मात्रै अभिनेत्री रुपमा आफुलाई उभ्याउछु ।सुरुमा त कतिले नराम्रो प्रतिक्रिया पनि दिए संगसंगै राम्रा प्रतिक्रिया पनि तर पनि अनुभित्रको अभिनय कहाँ यति साना पहाड रोक्थ्यो र उनी निरन्तर मिहिनेत गरिन् र त आज यो ठाँउमा आफुलाई उभ्याएकी छिन् । दर्शकले जस्तो देख्नुभयो त्यस्तै प्रतिक्रिया दिनुभो त्यसलाई म हौसलाको रुपमा लिए ।
