काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।आफुहरुको व्यवसायलाई विस्थापीत गर्ने उदेश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन् । काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवासायीहरुले गरिवलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।प्रदर्शनमा सहभागीहरुले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।