काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदस्थापनसँगै दुई निर्णय गरेका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । त्यस्तै उहाले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।सो क्रममा उहाले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिनुभयो ।मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गर्नुभयो । सरकारको प्राथमिकता राजनीतिक स्थीरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थमन्त्रको समस्या समाधानमा रहने उहाको भनाइ छ ।उहाले अहिलको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान संशोधनका लागि पहल गरिने धारणा राख्नुभयो ।