
काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसंग भेट्न समय नपाएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले देश र जनताका बिषयमा कुरा गर्न आफुले प्रधानमन्त्रीसंग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गर्नुभएको हो । सरकारका प्रमुखसंग कुरा गर्दा हुुने बिषयमा प्रधानमन्त्रीसंग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उहाले बताउनुभयो । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गर्नुभयो । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा बिषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उहाले बताउनुभयो ।उहाले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिनुभयो । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसंग छलफल सुरु गर्नुपर्ने सुझाव दिनुभयो ।उहाले नेपाली जनताको सुरक्षाका साथै बिकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गर्नुभयो ।




























