
काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसंग सोधपुछ गरेको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपानेसंग सोधपुछ गरेको हो । काठमाडौंको चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो ।त्यस्तै बुधबार नै समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासंग पनि बयान लिएको छ । सोसाइटल सहकारी छानविन समितिको कार्यादेशको अनुसुचीको ११ औं नंवरमा रहेको छ ।बिज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरुसंग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।




























