
काठमाडौं| पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा बुधबार रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।आज कारोबार रकममा पनि कमी आएको छ । हिजो साढे ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।




























