
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई निष्कर्षमा पुराउन पिडितलाई दिने न्यायमा ध्यान दिनैपर्ने बताउनुभएको छ ।बिहीबार राष्ट्रियसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा सिटौलाले विधेयक निष्कर्षमा पुग्नै लाग्दा केहि असन्तुष्टिहरु पनि बाहिर आउन थालेको भन्दै पिडितलाई दिने न्यायमा ध्यान दिएर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुराउनुपर्ने बताउनुभएको हो ।उहाले अब सवैको ध्यान बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा केन्द्रीत हुने भएकाले गम्भीरतापूर्वक सरकारले आगामी कदम चाल्नुपर्ने धारणा राख्नुभयो । शान्ति सम्झौताको अधुरो काम द्वन्द्वपिडितलाई न्याय दिनका लागि अव ढिलाई गर्न नहुने उहाको भनाई छ ।सिटौलाले सुराकीको आशंकका भरमा राज्यपक्ष वा विद्रोही पक्ष दुवैपक्षबाट पिडित भएका परिवारलाई पनि न्याय दिनसक्नुपर्नेमा जोड दिनुभयो ।उहाले देशलाई कठिन अवस्थामा एक भएर जोगाउने दलहरुबीच अहिले विश्वासको खाडल देखिएको भन्दै फेरी एकपटक सवै राजनीतिक दलहरु एक भएर मुलुकमा देखिएका चूनौतिको सामना गर्नुपर्ने धारणा राख्नुभयो ।




























