
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने स्पष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताउनुभएको हो । पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ३२ सिट भएको पार्टीले एक्लै कसरी अस्थीरता ल्याउन सक्छ भन्दै प्रश्न गर्नुभयो ।उहाले माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गरेर धोका दिएको आरोप लगाइने गरेको भन्दै माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पु¥याएको विगत स्मरण गर्न सुझाव दिनुभयो ।आमजनतामा ठूलो निराशा र असन्तोष रहेको अवस्थामा दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने चिन्ता भएको उहाले बताउनुभयो । प्रचण्डले आफुहरु प्रतिपक्षीमा चनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्ने भन्दै देशको हितमा राम्रो काम गर्ने साथ दिने धारणा राख्नुभयो ।उहाले आफुहरुको खबरदारीलाई कर्मकाण्ड नसम्झन आग्रह गर्दै आवश्यक परे सडकबार खवरदारी गर्ने चेतावनी दिनुभयो ।




























