
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिनुभएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न सुझाव दिनुभएको हो । उहाले एकछिनको लाभको उत्तेजनाले आफैलाई जलाउन सक्ने उल्लेख गर्नुभयो । प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफुहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको बताउनुभयो । जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दावी गरेका रवि लामिछानले छानविन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उहाले टिप्पणी गर्नुभयो । छानविन समितिप्रति आफुहरुको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गर्नुभयो ।त्यस्तै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनैै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।




























