
काठमाडौं । प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथि इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।बिहीबार काठमाडौंको माइतिघरमा अनेरास्ववियू क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सवै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।विरोध प्रदर्शनका क्रममा अनेरास्ववियू क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गर्नुभयो । उहाले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।उहाले अनेरास्ववियू क्रान्तिकारी सवैप्रकारको दमनको विरोधमा रहेको स्पष्ट पार्नुभयो । संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।




























