
काठमाडौं । प्रहरीले मंगलबार पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा चलाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियाको आजिआटा कम्पनीमा लगानी भन्दै भिडियो हालेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।भिडियो सार्वजनिक गरेर भ्रम फैलाएको तथा ओलीकै हस्ताक्षर समेत किर्ते गरेको आरोपमा दुई मुद्दा चलाएको हो । योसँगै प्रसाईंविरुद्धको मुद्दा बलियो बनाउने तयारीमा प्रहरी छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।




























