काठमाडौं ।ललितपुर महानगरपालिकाले बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ ।आइतबार ललितपुरको पूल्चोकस्थीत दमकल कार्यालयमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकल पुनःसञ्चालनमा ल्याएको जानकारी दिनुभएको हो ।२०४२ साल पछि बिग्रिएर थन्किएको उक्त दमकलको मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको हो । करिव ८ बर्षअघि उक्त दमकल लिलामीका लागि राखिएको थियो । तर बिभिन्न निकायको सुझाव पनि महानगरले उक्त दमकल लिलामीबाट रोकेको थियो ।त्यसपछि मोहनप्रसाद नकर्मीले उक्त दमकम बनाउन सुरु गर्नुभएको थियो । नकर्मीले दमकललाई आवश्यक पर्ने सामानहरु विदेशबाट मगाएर मर्मत सम्पन्न भएको जानकारी दिनुभयो । उहाले उक्त दमकलले नयाँ दमकलजस्तै काम गर्ने बताउनुभयो ।टाइमिङ गेयर र टाइमिङ चेन परिवर्तन गरेपछि उक्त दमकल सञ्चालनमा ल्याइएको ललितपुर महानगरले जानकारी दिएको छ ।