काठमाडौँ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गर्नुभएको छ ।नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दैै कसैले चाहेर हल्लाउन नसक्ने दावी गर्नुभएको हो ।उहालेअनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने बताउनुभयो ।नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पार्नुभयो ।अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताउनुभयो ।देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उहाँले बताउनुभयो ।त्यस्तै प्रधानमन्त्री ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने बताउनुभयो । आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने प्रवृति सह्य नहुने उहाको भनाइ छ ।त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभयो । उहाले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताउनुभयो । ओलीले देश बनाउने अभियानमा लाग्न र पार्टीभित्र कुनै गुटबन्दी नगरि अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।