काठमाडौं ।नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका बिषयमा छलफल गर्ने गरि एजेण्डा तय गरेको हो ।त्यस्तै अध्यक्ष लगाएत प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, अगामी कार्ययोजना लगाएतका एजेण्ड समेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो ।बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिक रुपमा सरकार बनाएको बताउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको उहाले बताउनुभयो । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले धारणा राख्नुभयो ।त्यस्तै, उहाले अन्तर्राष्ट्रिय विषयका बारेमा सरकार उदासीन भएको र असफल भएको जिकिर गर्नुभयो । सरकारको ध्यान भ्रष्टचारी र बिचौलियालाई जोगाउनका लागि केन्द्रीत भएको उहाको भनाइ छ ।