पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, बिकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरु लोकार्पण गर्दै भण्डारीले यस्तो बताउनुभएको हो ।उहाले सर्जकहरुले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएका धारणा राख्नुभयो । भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा इश्वर पोखरेलले खेल्नुभएको भूमिकाको प्रसंसा गर्नुभयो । त्यस्तै उहाले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताउनुभयो । बाइट......कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सहि तवरले अघि बढाउन आमाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभयो । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा रहेपनि राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि रहेको उहाले बताउनुभयो ।त्यस्तै पुस्तकका लेखक एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आमाहरुको नायकत्व स्थापीत गर्न आफुहरुको तर्फबाट राजनीतिक हिसावले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाउनुभयो । बाइट.........आमा, सपना र ताराहरु संस्मरण कृतिलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा प्रकाशन गरेको हो ।