त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी दिएका छन्।

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि विद्यार्थीको तालाबन्दीका कारण आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए ।५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो ।तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।




























