
काठमाडौं । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । तीनकुनेमा भएको प्रदर्शनपछि राजसंस्था पक्षधरले कम्पनीमा आगजनी गरेका हुन्।तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा.संगीता यादवले बताइन् ।आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।आगजनीबाट कम्पनीको परिसरमा रहेका गाडीहरू जलेका छन्।मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।




























