काठमाडौं ।अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ ।एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि सकारात्मक सङ्केत भने गरेको छ ।‘एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसीए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा शुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ,’ दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए-नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना केही समयदेखि विवादित बनेको भए पनि यो वक्तव्यले परियोजना अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ । हाल एमसीसी परियोजनाअन्तर्गत प्रसारण लाइन तथा सडक निर्माणसम्बन्धी कामहरू अगाडि बढाइएका छन् ।