
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई देशबाहिर जान नपाउने गरी तारेखमा छाड्न आदेश दिएको हो ।सर्वोच्चले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ । सचिव राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।राउतसहित भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।तर बन्दी प्रत्यक्षीकरणको रिट दायर अन्य तीन जनालाई छाड्न भने सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश ढुंगाना र सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।




























