
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जिम्मेवारी सम्हालेको एकसय दिनमा स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रीत गरेको बताउनुभएको छ ।बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य केन्द्रको सुधार, दरबन्दी मिलान, विशेषज्ञता हासिल गरेका चिकित्सकको परिचालन भएको बताउनुभयो ।स्वास्थ्य क्षेत्रका तत्कालीन तथा दीर्घकालीन महत्वका समस्या समाधानका कार्यहरु अघि बढाइएको भन्दै मन्त्री पौडेलले बिपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार पार्ने कामको सुरुवात भएको जिकिर गर्नुभयो ।उपचार सेवालाई थप सहज बनाउनका लागि अस्पतालहरूमा टोकन प्रणाली लागू गरि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरेको, देशका सवै प्रदेशका अस्पतालबाट निशुल्क जलन उपचारको व्यवस्था गरिएको उहाले बताउनुभयो ।यसैअवधिमा महिला स्वास्थ्य स्यंमसेवीहरुलाई सार्वजनिक यातायात शुल्क नलाग्ने व्यवस्था गरिएको, ८ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ गरिएको समेत उहाले जानकारी दिनुभयो । उहाले स्वास्थ्यबीमा कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको पनि बताउनुभयो ।




























