
पर्सा। वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो ।
विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।
ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।हिजो रातिसम्म४२ जनामा संक्रमण पुष्टि भइसकेको जनाइएको छ ।



























