काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगीबाट बक्यौता जुनसुकै हालतमा उठाइने बताएका छन् । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणसँग आवश्यक कागजात रहेको दाबी समेत गरे ।उनले बक्यौता नतिरेका उद्योगीलाई पुनरावलोकन प्रक्रियामा जान सुझावए । २५ प्रतिशत महसुल तिरेर पुनरावलोकन प्रक्रियामा जान सकिने घिसिङको भनाइ छ ।पुनरावलोकन प्रक्रियामा नजाने र महसुल नतिर्ने उद्योगहरुको लाइन भने काट्दै जाने बताएका छन् । विद्युत् प्राधिकरण अनिर्णयको बन्दी बन्न नसक्ने भएकाले सबै महसुल उठाउन बाध्य भएर लाइन काट्नु परेको उनले जिकिर गरे ।डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक भने अहिले उपलब्ध नभएको घिसिङले स्वीकार गरे । उनले अहिले टीओडी मिटरको विषय उचाल्न आवश्यक नरहेको समेत बताए।