काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ। कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको समितिको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो।समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्।