
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे आर्सनल र फुलहम तथा टोटनहम र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ ।आर्सनल १९ खेलमा ४० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । आजको खेलमा फुलहमलाई हराउन सकेमा शीर्ष स्थानमा पुग्नेछ । उसको २० खेलमा ४३ अङ्क पुग्नेछ । अहिले शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अङ्क छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको २० खेलमा ४२ अङ्क छ ।गएरातिको खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले हराउँदै शीर्षस्थानको लिभरपुलसँग अङ्क बराबरी गरेको हो । गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ गोलले पराजित भयो ।




























