काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् ।पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरेका छन् ।
‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ । हामीले एक मौका खोजेका छौं’ उनले भने ।
‘उहाँहरुको इमान्दारी, उहाँहरुको परिपक्वता, उहाँहरुले गर्न सक्ने क्षमताको परीक्षण गर्न सक्नुहुन्छ’ मिश्रले भने, ‘गरेर देखाउन सकेनौं भने यो लोकतन्त्र हो, अर्को पटक तपाईहरु हामीलाई मौका नदिनुस् ।’आफूहरुले अवसर पाएमा काठमाडौं महानगरपालिकाको रुपान्तरण गर्ने बताए ।विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।