काठमाडौं - विभिन्न साना चार दलले निर्विकल्प राष्ट्रिय शक्ति निर्माण गर्ने सत्कर्ममा जुट्न आह्वान गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी, नेपाल आमा पार्टी र सचेत नेपाली पार्टीले निर्विकल्प शक्ति निर्माणका लागि खुल्ला आह्वान गरेका हुन् ।चार पार्टीहरुले ‘एक्लाएक्लै होइन, सँगै हिडौं , निर्विकल्प शक्ति निर्माण गरौं’ नारासाथ खुल्ला आह्वान गरेका हुन् ।दल, स्वतन्त्र समूहहरु र व्यक्तित्वहरु समेतसँग सबैको सहभागिता, नेतृत्व, परामर्श र मार्गनिर्देशनबाट एउटा राष्ट्रिय शक्तिको नाम, झण्डा, चुनावचिन्ह, नेतृत्व र उम्मेदवारीसमेत तय गर्न साउन ९ गते हार्दिक होटलमा सर्वपक्षीय भेलाको आयोजना गरिएको जानकारी दिएको हो ।