
मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनका लागी हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ । निकै चासोका साथ हेरिएको उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा सहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम हेटौँडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले सिफारिस गरेको हो ।
बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारको नाम पनि पार्टी जिल्ला कमिटी सिफारिस गरेको छ ।
बैठकले हेटौँडाको उपमेयर पदको उम्मेदवारको रूपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम सिफारिस गरिएको छ ।
यस्तै, हेटौँडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस भएका छन् । हेटौँडा १ मा बेगम बराल, २ मा तारा ढुङ्गाना लामा र शिरि पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् । बैठकले १९ वटै वडाका लागि चुनावी कमान्डरहरू पनि खटाएको छ ।




























