![]()
नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ती प्रकट गरेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसदमा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफुमाथि लागेको आरोपको पनि घुमाउरो तरिकाले स्वीकारोक्ती प्रकट गरेको बताउनुभएको हो ।कांग्रेसको सांसद, सभापति, दाजु भाउजु लगाएतमाथि नामै लेखेर छानविन गर्न उहाले चूनौति दिनुभयो । शर्माले जो माथि छानविन भएर दोषी देखिन्छ उही नै जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राख्नुभयो । रवि लामिछानेलाई कांग्रेसले दोषि नभनेको स्पष्ट पार्दै उहाले छानविन समितिले निकाल्ने निष्कर्षलाई भने स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो ।उहाले संसदीय छानविन समिति गठनमा सत्तापक्षले सवैलाई एकमुष्ट छानविन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिनुभयो । उहाले विदेशीलाई सूचना बेच्ने गृहमन्त्रीको अभिव्यक्तलाई संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो ।




























