
काठमाडौं ।गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो।
गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ।त्यस्तै बन्धुप्रसाद बास्तोला मन्त्रालयबाट विपद व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको हो।
उपसचिव नवराज जैसीको दैलेखबाट मन्त्रालयमा सरूवा भएका छ भने रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमै सरुवा भएका छन् ।
तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको गृह मन्त्रालयले जनाएको छ ।




























