काठमाडौं । आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस । ३०६३ सालमा संसदबाट नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेदेखि यता यो दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ को धारा २४ ले मौलिक हकको रुपमा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई स्थापित गरेको छ ।दिवसको अवसमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् ।उनले शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन सरकार तल्लीन रहेको बताएका छन् ।कानूनी रुपमा यस्ता ब्यवस्था हुँदाहुँदै पनि जातीय भेदभाव र छुवाछुतका घट्नाहरु यदाकदा अझैपनि सुनिंदै आएका छन् । बर्तमान समाजमा यस्ता कुराहरु निषेध हुनुपर्दछ । सबैले सबैलाई सम्मान गर्ने परिपाटीको स्थापना गर्नुपर्दछ । जातिय आधारमा विभेद गर्नु र कसैले पनि अर्काको मर्यादामा आँच आउने कार्य गर्नु दण्डनीय छ ।