
काठमाडौं ।– संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठन प्रक्रियाका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने पुष्टि गरे ।प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेका छन्। सहमतिसँगै प्रचण्ड सरकार ढल्ने निश्चित भएको छ।




























