
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।रास्वपाका मन्त्रीहरु अहिले सामुहिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुावाटार जान लागेका छन्।एमालेका मन्त्रीहरुले राजीनमा दिएपछि राजीनामा दिने रास्वपाको तयारी थियो । बुधबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका कारण आज रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने भएपछि प्रचण्ड थप दबाबमा परेका छन् ।




























