
पाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।उक्त मुद्दामा प्रहरीले खोजी कार्य जारी राखेका नेकपा एमालेका सचिव तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।




























