
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस साढे ११ बजेतिर मर्स्याङ्दी नदीमा खसेको हो ।तीमध्ये १४ जना अचेतावस्थामा रहेको तनहुँ प्रहरीले जनाएको छ । १५ जना होसमा रहेको बताइएको छ । बसमा ४१ यात्रु सवार थिए । बाँकी यात्रुको खोजीकार्य जारी छ।आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङदी खसेको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँका उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।
यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।




























