
काठमाडौं । बिज्ञहरुले संवैधानिक निकायको नियमावली बनाउदा कानून मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन् ।सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरुले नियमावली बनाउने बिषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका छन् । बैठकमा कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले पराम्परागत रुपमा नै संवैधानिक आयोगले बनाउने नियममावलीमा कानून मन्त्रालयले सहमति दिनुपर्ने सुझाव दिनुभयो । नियमावलीका कारण नागरिकको हक अधिकार प्रभावित हुन सक्ने भएकाले यसमा गम्भीर रुपमा छलफल गर्नुपर्ने उहाले भनाइ छ । उहाले सरकारले जारी गर्ने अध्यादेश बाहेक अन्य निकायको निययमावली स्वीकृत मन्त्रीपरिषद्ले गर्नुपर्ने प्रावधानलाई पनि पुनर्बिचार गर्नुपर्ने सुझाव दिनुभयो ।त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नियमावलीहरु आफ्नो अनुकुल बनाउन पटके तवरले परिवर्तन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाले नियमावली बनाउदा वा परिवर्तन गर्दा माथिल्लो निकायसंगको सहमति आवश्यक नपर्ने व्यवस्थाले सम्बन्धीत संस्थालाई नै धरासायी बनाउन सक्ने धारणा राख्नुभयो । ...कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो ।




























