चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिने भएकी छिन् । पुन महानगरको मेयरमा उम्मेद्धवारी दिने भएपछि उनले राजीनामा दिने भएकी हुन् ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
दाहालले केही बेरमा राजीनामा दिने माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए। ‘भरतपुरकी मेयरज्यूले आज उपमेयरलाई राजीनामा दिँदै हुनुहुन्छ । केही बेरमा राजीनामा हुनेछ,’ अधिकारीले भने ।
माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।