
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा आज संसदीय सुनुवाइ हुने भएको छ ।समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरूसँग मंगलबार छलफल गरेको छ।बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्य योजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ। उनलाई कार्यपत्र प्रस्तुत गर्न समय दिइनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राउतले १७ चैत २०८२ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो। गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको हो।संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।




























