काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिनु आफ्नो बाध्यता भएको बताएका छन् ।नेपाली कांग्रेसको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मासहित कास्की कांग्रेसका नेताहरूसँग देउवाले गठबन्धन जोगाउन समाजवादीलाई पोखराको मेयर छाड्नुपरेको बताएका हुन् ।सभापति देउवाले कास्की कांग्रेसका नेताहरूलाई छलफलका लागि आजै काठमाडौं बोलाएका थिए ।छलफलका क्रममा देउवाले ६ वटा महानगरमध्ये माओवादी, समाजवादी र जसपालाई एउटा–एउटा दिनै पर्ने बाध्यता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।जवाफमा गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्माले गठबन्धन भए पनि पोखरामा कांग्रेस बाहेकको पार्टीले मेयर जित्न नसक्ने दाबी गरेका थिए ।