
काठमाडाैं। गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने स्पष्ट पार्नुभएको छ ।बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा लेखकले वर्तमान सरकार संविधान संसोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताउनुभयो । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको धारणा राख्नुभयो । फरक प्रसंगमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । उहाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको जिकिर गर्नुभयो ।मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उहाले बताउनुभयो ।




























