
काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्ट हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मीक अवतरण गरिएको छ ।लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको ९ एन–एकेजी हेलिकोप्टरमा चरा ठोकिएपछि बनेपा नगरपालीका–१० डाँडाबारीमा आकस्मीक अवतरण गरिएको हो ।चरा ठोकिएपछि हेलिकोप्टरको अगाडीको सिसाको केहि भाग फुटेको छ । आकस्मीक अवतरणपछि यात्रुहरुलाई सडकमार्ग हुदै काठमाडौं ल्याइएको थियो ।




























