काठमाडौं ।काठमाडौंमा बिहानपख चिसो केही बढेको छ।केही दिनअघि बिहानको समयमा काठमाडौंका आकाश बादलले ढाक्दा चिसो कम महशुस भएपनि बिहीबारदेखि काठमाडौंका आकाश खुल्न थालेका छन्।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना रहेको छ ।यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ भने गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदलीको हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम सफा रहने छ ।