काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सुशासन, समृद्धि र महानगरको संस्कृति संरक्षण गर्न कांग्रेसले जित्नु आवश्यकता रहेको बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाको कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको सभ्यताको संरक्षण गर्न महानगरमा कांग्रेसले जित्न जरुरी भएको बताएका हुन्।उनले काठमाडौं महानगरको मेयरको उम्मेदवारमा सिंह बन्नु आफैंमा गौरवको विषय भएको बताए । उनले धेरै नगर र गाउँमा पार्टीभित्र मिलाउन सकस भएकाले वागी दिएका उम्मेदवार फिर्ता गर्न आग्रह गरे।उनले कांग्रेस देशकै जिम्मेवार पार्टी भएकाले काठमाडौंको दिगो विकासका लागि सिंहले जित्नु आवश्यक बताएको बताए। उनले काम गर्ने पार्टी भएकाले खुरुखुरु काम गर्न लाग्ने भएको बताए।उनले कांग्रेसले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई आफ्नो सरकारले भत्ता दिने बताए। उनले देश गफमय भएकाले काममय बनाउन कांग्रेसले जित्नुपर्ने धारणा राखे। उनले देशभरी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।मेयरकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेको हो।स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कांग्रेसले संकल्प-पत्रको नाम दिएको छ ।