
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारले छिटै ढल्ने संकेत गर्नुभएको छ ।चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्रथमिकतामा सरकारमा नभएको स्पष्ट पार्नुभएको हो उँहाले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँनुभयो ।ओली नेतृत्वको सरकार बने देखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाउनुभयो । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उँहाको भनाई थियो ।




























