बर्दिया । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।<यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।