काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो ।आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले ट्विटरमार्फत् जानकारी दिएका छन् ।‘हामी यस्तो अपराधको निन्दा गर्छौँ… र पीडितप्रति समवेदना व्यक्त गर्छौ ।’ मुजाहिदलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजिराको अनलाइन संस्करणले जनाएको छ ।आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिएको छैन । यद्यपि गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता आतंककारी संगठन इस्लामिक स्टेटले यस्ता आक्रमणको जिम्मा लिँदै आएको छ ।आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थ र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको कुन्दुज प्रहरीले जनाएको छ । पछिल्ला केही दिनहरुयता अफगानिस्तका विभिन्न स्थानहरुमा बम आक्रमण हुँदै आएको छ ।कुन्दुजमा गराइएको पछिल्लो आक्रमणलाई गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता गराइएका घातक आक्रमणको रुसमा लिइएको छ ।