
चितवन| साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन् ।
थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराइने छ ।बहस आज बिहान १० बजेबाट बहस सुरु हुनेछ । हिजो वादीतर्फका सरकारी वकिलले बहस गरेका थिए भने आज विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।बुधबार बहस नसकिएपछी लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।.साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।सम्भवतः आज फैसला आउने अदालत स्रोत बताउँछ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



























